१७ फाइनान्सको रिपोर्ट: नाफामा प्रोग्रशिभले टप्यो, आइसीएफसी र गुहेश्वरीबीच प्रतिस्पर्धा, घाटामा ५ कम्पनी « Arthapath.com
१ आश्विन २०८१, मंगलवार

१७ फाइनान्सको रिपोर्ट: नाफामा प्रोग्रशिभले टप्यो, आइसीएफसी र गुहेश्वरीबीच प्रतिस्पर्धा, घाटामा ५ कम्पनी



काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले सर्वाधिक नाफा कमाएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा कम्पनीले सर्वाधिन नाफा कमाउन सफल भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार कम्पनीले ८ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएका छ । यो हाल संचालनमा रहेका फाइनान्स मध्येकै सबैभन्दा धेरै हो ।

दोस्रो सूचीमा रहेका आइसीएफसी फाइनान्सले २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले पनि २ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्र बैंकका अनुसार साउनमा सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख, मञ्जुश्रीले १ करोड ४५ लाख, गुडविलले १ करोड ३० लाख, रिलायन्सले १ कराड २८ लाख र जानकाी फाइनान्सले १ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

साउनमा गोर्खाज फाइनान्सले ९८ लाख, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ६५ लाख, मल्टीपर्पसले ६३ लाख, नेपाल फाइनान्सले १५ लाख नाफा आर्जन गरेका छन् ।

यी बाहेकका अन्य पाँच वटा फाइनान्स भने नोक्सानीमा देखिएका छन् । समिक्षा महिनामा समृद्धि फाइनान्स सबैभन्दा धेरै नोक्सानीमा देखिएको छ । कम्पनीले ८ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

यस्तै, पोखरा फाइनान्स पनि २६ लाख, बेष्ट फाइनान्स १२ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स ८ लाख र नेपाल सेयर मार्केट एण्ड फाइनान्स पनि ८ लाख रुपैयाँ घाटामा देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्