गोर्खाज फाइनान्सको सेयर स्वामित्वमा परिमार्जन, अब कति ? « Arthapath.com
९ आश्विन २०८१, बुधबार

गोर्खाज फाइनान्सको सेयर स्वामित्वमा परिमार्जन, अब कति ?



काठमाडौं । गोर्खाज फाइनान्सको सेयर स्वामित्वमा परिमार्जन भएको छ ।

परिमार्जन पश्चात संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम रहेको थियो ।

अब संस्थापक समूह तर्फ ४४ लाख २६ हजार ७६८.३८ र सर्वसाधारण तर्फ ४२ लाख ५३ हजार १६२.६२ कित्ता सेयर कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्