सकियो बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा, के-के एजेन्डा पारित भयो ? « Arthapath.com
१६ कार्तिक २०८१, शुक्रबार

सकियो बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा, के-के एजेन्डा पारित भयो ?



काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९-२०८० को बार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।

सभाले फाइनान्समा रिक्त रहेको संचालक पदमा वाँकी कार्यकालका लागि २ जनालाई नियुक्त गरेको छ । सभाबाट अनुमोदित संचालकहरुमा रामजि गौतम र बौद्ध राज अर्याल रहेका छन ।

सभामा संस्थाको शेयर स्वामित्वमा संस्थापक र सर्वसाधारण समूहको सेयर प्रतिशत संशोधन, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिएको बताइएको छ ।

सभाले भविष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी कार्य गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन गर्नको लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आबश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

साथै बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन गर्नका लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्