आइसीएफसी फाइनान्सको लाभांश घोषणा, कति दिने भयो ? « Arthapath.com
२५ मंसिर २०८१, मंगलवार

आइसीएफसी फाइनान्सको लाभांश घोषणा, कति दिने भयो ?



काठमाडौं । आइसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले ५.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने भएको छ ।

कम्पनीले ६ करोड २२२ लाख ८७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्