गुहेश्वरी मर्चेन्टले बनायो सेयरधनी निराश, लाभांश वितरण नगर्ने « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

गुहेश्वरी मर्चेन्टले बनायो सेयरधनी निराश, लाभांश वितरण नगर्ने



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ।


प्रतिक्रिया दिनुहोस्