गुडविल फाइनान्सका सेयरधनी निराश, यो वर्ष कम्पनीले लाभांश नदिने

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले सेयरधनीको हात रित्तो बनाएको छ । यो वर्ष कम्पनीले कुनै पनि लाभांश नदिने भएको हो ।
बैंकको पुस ५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।तर, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने बैंकले जनाएको छ ।