३० करोडको ऋणपत्र बिक्री गर्न आइसीएफसी फाइनान्सलाई सेबोनको अनुमति « Arthapath.com
१८ पुष २०८१, बिहीबार

३० करोडको ऋणपत्र बिक्री गर्न आइसीएफसी फाइनान्सलाई सेबोनको अनुमति



काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । कम्पनीलाई ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री नेपाल धितोपत्र बोर्ड (सेबोन) अनुमति प्रदान गरेको हो ।

आइसीएफसीले अब प्रतिइकाई १ हजार रुपैयाँ दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्री गर्नेछ । उक्त ऋणपत्र जारी गर्न पुस १६ गते अनुमति दिएको हो ।

कम्पनी निष्कासन गर्ने कुल ऋणपत्रमध्ये १ लाख २० हजार इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । बाँकी १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्ने भएको हो ।

फाइनान्सले ७ वर्ष अवधिको ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसको वार्षिक ब्याजदर ९ प्रतिशत तोकिएको छ । कुमारी क्यापिटललाई यो ऋणपत्रको बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्