भव्य रुपमा सकियो गुहेश्वरी फाइनान्सको २३औं वार्षिक साधारण सभा

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ललितपुरमा सम्पन्न सभाले गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन परित गरेको छ । हाल संस्थाको कूल निक्षेप ८ अर्ब ३५ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
हाल संस्थाले चिप बेस्ड डेडिट कार्ड, एसएमएस अलर्ट, इ–बैंकिङ्ग, इसीसी, मोबाइल बैंकिङ्ग, सेभ डिपोजिट लकर, टप अप सुविधा, रेमिट्यान्स सेवा, डीपी, सी–आस्वा, क्यूआर टेलर लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
कम्पनीले व्यक्तिगत खाताको हकमा ५ लाख रुपैयाँसम्मको निक्षेप बीमाको समेतको व्यवस्था गरेको छ । हाल कम्पनीले देशभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।