९% ब्याजदरमा ऋणपत्र निष्काशन गर्दै आइसिएफसि फाइनान्स, माघ ९ गतेदेखि बिक्री खुला गर्ने « Arthapath.com
२९ पुष २०८१, सोमबार

९% ब्याजदरमा ऋणपत्र निष्काशन गर्दै आइसिएफसि फाइनान्स, माघ ९ गतेदेखि बिक्री खुला गर्ने



काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ।

कम्पनीले आउँदो माघ ९ गतेदेखि ७ वर्ष अवधिको ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गर्नेछ ।

एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ ।

सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

तर, कुल निष्काष्नमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्ता र अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिन कम्पनीले जनाएको छ ।

आवेदन छिटोमा माघ १३ गते हुनेछ भने ढिलोमा माघ २३ गते हुनेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्