आइसिएफसि फाइनान्सको लाभांश पारित, तीन जना संचालक निर्विरोध « Arthapath.com
२९ पुष २०८१, सोमबार

आइसिएफसि फाइनान्सको लाभांश पारित, तीन जना संचालक निर्विरोध



काठमाडौं । आइसिएफसि फाइनान्सको लाभांश पारित भएको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५.२६३२५ प्रतिशत लाभंश पारित गरेको हो ।

सोमबार सम्पन्न कम्पनीको २१औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको छ । ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१–८२ को लागि बाह्य लेखापरीक्षकमा एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ।

सोही सभाबाट तीन जना संचालक निर्वाचित भएका छन् । संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सुशीलकुमार अर्याल, रचना अधिकारी र अच्युतराज आचार्य निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख छ । कम्पनीले हाल २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई बैकिङ्ग सेवा दिदैं आएको छ ।


प्रतिक्रिया दिनुहोस्