आजदेखि आइसिएफसि फाइनान्सको ऋणपत्र निष्कासन, कति र कहिलेसम्म दिन आवेदन ?

काठमाडौं । आज अर्थात् माघ ९ गतेदेखि आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला भएको छ ।
कम्पनीले ७ वर्ष अवधिको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गरेको हो ।
एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
तर, कुल निष्काष्नमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्ता र अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिन कम्पनीले जनाएको छ ।
आवेदन छिटोमा माघ १३ गते हुनेछ भने ढिलोमा माघ २३ गते हुनेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।