आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
१३ माघ २०८१, आईतवार

आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत माघ ९ गतेदेखि ७ वर्ष अवधिको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गरेको हो ।

एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

तर, कुल निष्काष्नमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्ता र अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिन कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्