समृद्धि फाइनान्सको सेयर संरचना परिवर्तन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । हाल कम्पनीको कुल ८१ लाख ८९ हजार ११४ कित्ता सेयर सूचीकृत छ ।
यसमा संस्थापक समूह तर्फ ४१ लाख ७६ हजार ४४८ कित्ता र सर्वसाधाण समूह तर्फ ४० लाख १२ हजार ६६६ कित्ता रहेको छ ।
संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत अनुपात हुने गरि संस्थापक समूहको ६ लाख ८५ हजार १३६ कित्ता सेयर फागुन ४ गतेदेखि सर्वसाधारणभा अभिलेख गरिएको कम्पनीले जनाएको छ ।