पोखरा फाइनान्सको सीइओमा गुरुङ, चैत १ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् ।
फागुन २६ गते बसेको कम्पनी संचालक समितिको बैठकले गुरुङलाई रिक्त सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी चैत १ गतेदेखि लागू हुनेछ । सीइओको कार्यकाल अवधि भने २ वर्षको हुनेछ ।