आरएमडीसी लघुवित्तको नाफा ३३३% बढ्यो, कति पाइएला लाभांश ?

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले यो वर्षको पहिलो ३ महिनामै ३.३ गुणा नाफा बृद्धि गरेको वित्तीय विवरण प्रकाशित भएको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३३३ प्रतिशत वृद्धि भएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्ष नाफा बढेर २६ करोड २४ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १०१ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा २ अर्ब १ करोड १ लाख रुपैयाँ सञ्चित गरेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ९ अर्ब ४४ करोड १४ लाख रुपैयाँ निक्षेप सापटी लिएर १२ अर्ब ३९ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी कम्पनीको निष्क्रीय कर्जा ०.०५ प्रतिशत मात्र रहेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको मूल्य आम्दानी अनुपात १४ दशमलव ७३ र प्रतिशेयर नेटवर्थ २९४ रुपैयाँ ३७ पैसा रहेको छ ।