३१.५७ प्रतिशत लाभांश पारित गर्न सपोर्ट लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको म.सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा पौष १० गते बोलाएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.५७ प्रतिशत नगद लाभांश गरी कूल ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
