सिवाईसी नेपाल लघुवित्तले बोलायो साधारण सभा, के–के छन् एजेण्डाहरु ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले तेश्रो वार्षिक साधारण सभा पौष २१ गते, होटल पिस प्यालेस, बागलुङ बजार, बागलुङमा बिहान ११ बजे बोलाएको हो ।
लघुवित्तको सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (२०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत) पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक तोक्नेछ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७८–७९ को लेखापरिक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७–७८ मा भएको सञ्चालक समिति र अन्य समितिको बैठक भत्ता तथा समिति सम्बन्धि अन्य खर्च अनुमोदन गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ ।
त्यस्तै, लघुवित्तले कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ती–समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मूल्याङ्कन गर्न, परार्मशदाता, मूल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्ती गर्न र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका अन्य नियमनकारी निकायहरुबाट स्वीकृत लिने, अभिलेख गर्ने, प्रबन्धपत्र नियमावलीमा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।
