सपोर्ट लघुवित्तको ३१ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन
काठमाडौं । भोलि बुधवार सम्म कायम सेयर धनीहरूले ३१ प्रतिशत लाभांश पाउने छन् । साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस १ गते बुक क्लोज गर्ने छ । तसर्थ भोलिसम्म कायम सेयर धनीहरूले प्रस्तावित ३१ प्रतिशत लाभांश पाउनेछन् ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई ३० प्रतिशत बोनस शेयर र १.५७८४ प्रतिशत नगद गरी कुल ३१।५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तले पुस १० गते बिहान ९ बजे बगान फेमिली रेस्टुरेन्ट एन्ड लाउन्ज बार, इटहरीमा साधारण सभा गर्ने छ ।