ग्लोबल आइएमई लघुवित्तको साधारण सभाले पारीत गर्यो २८ प्रतिशत लाभांश

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लघुवित्तको ९ औं साधारण सभाले २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।
त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
लाभांश तथा साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १४ गते बुक क्लोज गरेको थियो । तसर्थ मंसिर १३ गतेसम्म कायम शेयरधनीले २८ प्रतिशत लाभांश पाउनेछन् ।