गणपति लघुवित्तको साधारण सभाले बनायो शेयरधनीलाई मालमाल « Arthapath.com
१८ पुष २०७८, आईतवार

गणपति लघुवित्तको साधारण सभाले बनायो शेयरधनीलाई मालमाल



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा तनहुँमा सम्पन्न भएको छ । लघुवित्तको पौष १७ गते, शनिबार ह्वाइट हाउस पार्टि प्यालेस, दुलेगौंडा, तनहुँमा पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत बोनस शेयर गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ रहेको छ । १९ प्रतिशत २ करोड ४१ लाख ९७ हजार ७८२ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १५ करोड १५ लाख ५४ हजार ५३२ रुपैयाँ ५० पैसा पुग्ने छ ।

त्यस्तै, सभाले अन्य लघुवित्तसँग गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्