युनिक नेपाल र घोडीघोडा लघुवित्तको पुस ३० गतेबाट एकीकृत कारोबार हुने

काठमाडौं । युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तको एकीकृत कारोबार पुस ३० गतेबाट सुरु हुने भएको छ । मर्जरको सम्पुर्ण प्रक्रिया सकिएकाले यहि पुस ३० गतेबाट एकीकृत कारोबार सुरु हुने कम्पनिले जनाएको छ । मर्जर पछि युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नाउँमा एकीकृत कारोबार सुरु हुने छ ।
दुई लघुवित्तबीच २०७७ कात्तिक २१ गते मर्जर प्रक्रियामा जाने प्रारम्भिक सम्झौता भएको थियो । घोडीघोडा लघुवित्तका १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर शेयर आदान प्रदान गर्ने सहमति अनुसार मजएर सम्पन्न भएको छ ।
असोज १६ गते र युनिक नेपालको असोज ८ गते बसेको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको थिए ।मर्जर पश्चात बनेको युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय साविककै कोहलपुर नगरपालिका ११ न्यूरोड, बाँकेमा रहनेछ ।