एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण « Arthapath.com
१६ असार २०८२, सोमबार

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बीमा दाबी रकम हस्तानतरण गरेको छ । लघुवित्तको बेलबारीले साखाले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व. चन्द्रकला राई र शानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको लघुवित्तले जानकारी दिएको छ ।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा परिवारजनको उपस्थितिमा सम्बन्धित केन्द्रका सेवाग्राही सदस्यहरुको श्रीमानहरु गंगा बहादुर लिम्बुर बन बहादुर धिमाललाई क्रमश १० लाख ५० हजार र १२ लाख ७५ हजार रुपैया बराबरको चेक रकम हस्तान्तरण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्