इन्फिनिटी लघुवित्तको स्थापना दिवसका अवसरमा अपाङ्ग बालबालिकालाई सहयोग « Arthapath.com
२१ असार २०८२, शनिबार

इन्फिनिटी लघुवित्तको स्थापना दिवसका अवसरमा अपाङ्ग बालबालिकालाई सहयोग



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक स्थापना दिवस शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । २०७३ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७३ माघ १७ गते वित्तीय कारोबार गर्नेगरी इजाजतपत्र प्राप्त गरेको थियो तर लघुवित्तले २०७३ माघ ७ गतेदेखि संस्थाले कारोबार सुभारम्भ गरेको थियो ।

दुर्गम तथा ग्रामिण क्षेत्रका पिछडिएका वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासीको गैंडाकोट नगरपालिका २ मा केन्द्रीय कार्यालय रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त गरी कारोवार गरेको वित्तीय संस्थाको चुक्ता पुँजी रु. ४१ करोड ४५ लाख १३ हजार २८४ रहेको छ । संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिए अनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी गत भाद्र ४ गतेदेखि एकीकृत कारोबार गरेको थियो । संस्थाको पहुंच नेपालका सातै प्रदेशका ४१ जिल्लामा रहेको छ ।

पाँचौं वार्षिक उत्सवको पुर्व सन्ध्यामा गैंडाकोट नगरपालिका १ मा रहेको नव जिवन अपाङ्ग बाल आश्रममा रहेका अपाङ्ग बालबालिकाहरुलाई सहयोग गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामा र गैंडाकोट नगरपालिका २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले संयुक्त रुपमा सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

वित्तीय संस्थाले हालसम्म विपन्न वर्गका मानिसहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । हाल सम्म संस्थाले ८० हजार ४१२ सदस्यहरुलाई विभिन्न उद्देश्यमा प्रदान गरेको बाँकी कर्जा रु. ४ अरब ७ करोड ३२ लाख रहेको छ भने ग्राहक सदस्यहरुको बचत रकम रु.१ अरब १८ करोड ३१ लाख रहेको छ ।


प्रतिक्रिया दिनुहोस्