समीट लघुवित्तको नाफा शतप्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १००.२८ प्रतिशत बढेर ८ करोड ५० लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड २४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी ८१.५९ प्रतिशत बढेर १७ करोड ९५ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ८८ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा १०२.३० प्रतिशत बढेर १३ करोड ५० लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ६७ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा रहेको थियो ।
पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २५.२९ प्रतिशत बढेर ४९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष ३३.३४ प्रतिशत बढेर १९ करोड ३० लाख २५ हजार रुपैयाँ, निक्षेप संकलन १८.१२ प्रतिशत बढेर १ अर्ब २४ करोड ६२ लाख ५ हजार रुपैयाँ र कर्जा लगानी ६०.७२ प्रतिशत बढेर ५ अर्ब ४७ करोड १ लाख ४० हजार रुपैयाा रहेको छ ।
समिक्षा अवधिमा लघुवित्तको सापटि रकम ८४.९८ प्रतिशत बढेर ३ अर्ब ४२ करोड २४ लाख ६२ हजार रुपैयाँ छ । लघुवित्तको खराब कर्जा २.३५ प्रतिशत र कस्ट अफ फण्ड ११.४५ प्रतिशत रहेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ०७ पैसा रहेको छ ।