धौलागिरी लघुवित्तको नाफा ४९३ प्रतिशत बढ्यो « Arthapath.com
१९ माघ २०७८, बुधबार

धौलागिरी लघुवित्तको नाफा ४९३ प्रतिशत बढ्यो



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४९३.१९ प्रतिशत २ करोड १५ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३६ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेर ५ करोड १६ लाख ३३ हजा रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९५ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १ करोड ८८ लाख ३८ रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोढ ८६ लाख ६४ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ, जगेडा कोष ८३.५७ प्रतिशत बढेर १० करोड ५३ लाख १२ हजार रुपैयाँ, निक्षेप २८.८७ प्रतिशत बढेर ६२ करोड १४ लाख १० हजार रुपैयाँ, कर्जा ६३.६१ प्रतिशत बढेर १ अर्ब ४४ करोड ४८ लाख ५९ हजार रुपैयाँ र सापटि रकम ३०३.८६ प्रतिशत बढेर ६१ करोड ८० लाख १९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७३ पैसा बढेर ६१ रुपैयाँ ४५ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७२ पैसा रहेको थियो । लघुवित्तको खराब कर्जा ३.७५ प्रतिशत र कस्ट अफ फण्ड ६.९३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्