कुर्सीको अभाव हुँदा झापामा प्रहरी कार्यालयलाई मिर्मिरेको १५ थान कुर्सी सहयोग « Arthapath.com
१६ फाल्गुन २०७८, सोमबार

कुर्सीको अभाव हुँदा झापामा प्रहरी कार्यालयलाई मिर्मिरेको १५ थान कुर्सी सहयोग



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापाको बनियानी स्थित प्रहरी चौकीलाई कुर्सी वितरण गरेको छ ।

संस्थाले झापाको बनियानी स्थित इलाका प्रहरी कार्यालयलाई १५ थान कुर्सी सहयोग गरेको हो । संस्थाका बिर्तामोड उप प्रादेशिक कार्यालय प्रमुख किरण विष्टले उक्त सामाग्रीहरु प्रहरी नायब निरिक्षक नर बहादुर तुम्बाहाम्फेलाई हस्तान्तरण गरेका हुन् ।

सोमबार इलाका प्रहरी कार्यालय बनियानीमा एक कार्याक्रमका बिच उक्त सामानहरु हस्तान्तरण गरिएको हो । प्रहरी नायब निरिक्षक तुम्बाहाम्फेले कार्यालयमा कुर्सीको अभावले सेवाग्राहीहरु आउँदा समस्या भइरहेको जानकारी गराएपछि संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले बताए ।


प्रतिक्रिया दिनुहोस्