तपाईको हितग्राही खातामा आयो ४० प्रतिशत बोनस शेयर ? « Arthapath.com
२४ चैत्र २०७८, बिहीबार

तपाईको हितग्राही खातामा आयो ४० प्रतिशत बोनस शेयर ?



काठमाडौं । नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर हितग्राही खातामा पठाएको छ । लघुवित्तले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा ४० प्रतिशत बोनस शेयर जम्मा गरेको हो ।

नेशनल माईक्रोफाइनान्स लघुवित्तको गत माघ ६ गते सम्पन्न भएको आठौँ वार्षिक साधारण सभाले पारित भएको ४० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबा हुने अवस्था भइसकेको जनाएको छ ।

साथै पौष २६ गतेसम्म शेयर अभैतिकरण गराएका शेयरधनीहरुका बोनस सम्वन्धित हितग्राही खातामा जम्मा गरिएको छ । हालसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराई आफ्नो बोनस प्राप्त गर्न सकनेछन् ।


प्रतिक्रिया दिनुहोस्