नेप्सेमा १९ लघुवित्तको झण्डै २ करोड कित्ता बोनस शेयर सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
२७ चैत्र २०७८, आईतवार

नेप्सेमा १९ लघुवित्तको झण्डै २ करोड कित्ता बोनस शेयर सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न १९ वटा लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको बानेस शेयर वितरण गर्दा उक्त बोनस नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक बर्षको नाफाबाट वितरण गरिएको बोनस शेयर पौष अन्तिम सातादेखि नेप्सेमा सूचीकृत हुन थालेका थिए । गत पौष अन्तिम सातादेखि हालसम्म विभिन्न २० वटा लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन् ।

नेप्सेमा विभिन्न अन्य कम्पनीको पनि बोनस शेयर सूचीकृत भएको छ । तर यहाँ लघुवित्तलाई मात्रै विशेष जोड दिईएको छ । हालसम्म २० वटा लघुवित्तको १ करोड ७७ लाख ४३ हजार ७४५.९३१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कुन लघुवित्तको कति ?

१. विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस शेयर बापतको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २०.०३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५४ प्रतिशत नगद गरी कूल २१.०८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको २८ प्रतिशत बोनस शेयर बापतको १२ लाख ८ हजार ७८९.१५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

३. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० प्रतिशत बोनस शेयर बापतको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २० लाख ६८ हजार ४४३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस शेयर बापतको २ लाख ९७ हजार ३२१.५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.७ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१.०५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ३९ हजार ७२७.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद गरी कूल ३२.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ३१ लाख २८ हजार ८२७.४५५२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ८ लाख २३ हजार ८८८.८० कित्ता बोनस शेयर नेप्सेका सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

९. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर बापतको २ लाख ४१ हजार ९७७.८२५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको ८ लाख ७६ हजार ८१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २० लाख कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१२. महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५ प्रतिशत बोनस बापतको ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगर गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१३. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर बापतको ४ लाख ६० हजार ३०.६२१ कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गरेको हो ।

१४. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको १० लाख २८ हजार १९८.२४ कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१५. गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १६.९०६४ प्रतिशत बोनस शेयर बापतको १ लाख ४१ हजार कित्ता शसेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनस शेयर गरी कूल १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१६. साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ४२ हजार ४५१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१७. आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ६७ हजार ८२८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१८. आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.८५ प्रतिशत बोनस शेयर बापतको २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक बर्ष २०७६–७७ को नाफबाट कायम चुक्ता पूँजीको ८.८५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

१९. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापत ६ लाख ४० हजार ९० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्