आरम्भ चौतारी लघुवित्तका शेयरधनी यसरी बने मालामाल

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । लघुवित्तको छैँठौं वार्षिक साधारण सभा चैत्र २७ गते, आईतबार बनेपा पार्टी भेन्यू, काभ्रेपलान्चोकमा सम्पन्न भएको हो ।
लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ ।
लघुवित्तको नियमावलीमा सञ्चालकहरुको भत्ता र सुविधा बृद्धि गर्ने, अन्य कुनै लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ती–समाहित गर्ने तथा हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।