नयाँ सारथी लघुवित्तको साधारण सभा शनिबार बस्दै, २० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा शनिबार (बैशाख १० गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।
उक्त सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७७।७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरण समेत पारित गर्नछ । साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नछ ।
त्यस्तै, सभाले एफपीओ निष्कासन गर्ने र यस कम्पनीले अन्य कुनै पनि वित्तीय संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति हुने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत २३ गतेदेखि बैशाख १० गतेसम्म बुक क्लोज गरेको हुदाँ चैत २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।