सिवाईसी नेपाल लघुवित्तको आईपीओ बिहिबार बाँडफाँट हुदै, झन्डै साढे २२ लाखको हात खाली « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बिहिबार बाँडफाँट हुदै, झन्डै साढे २२ लाखको हात खाली



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ प्रिअलमेन्ट आज (बैशाख १२ गते) सम्पन्न भएको छ । प्रिअलमेन्ट सम्पन्न आज सम्पन्न भएसँगै बैशाख १५ गते आईपीओ बाँडफाँट गर्ने भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बैशाख १५ गते बिहिबार बिहान ९ बजे ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा फाँडफाँट हुनेछ । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९४८ जना आवेदकले मात्रै पाउने छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईने छ । लघुवित्तको आईपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये २२ लाख ४७ हजा भन्दा बढी आवेदकको हात रित्तो हुने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २२ लाख ८४ हजार ८४९ जना आवेदकले २ करोड ५७ लाख ६१ हजार ९ सय कित्ता शेयरका लागि २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको हो । जुन माग भन्दा ७० गुणा बढी आवेदन हो ।

लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि बैशाख ६ गते मंगलबारसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका गरी ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्