आईपीओ निष्काशनको अनुमति माग्दै खप्तड लघुवित्तले दियो बोर्डमा आवेदन « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

आईपीओ निष्काशनको अनुमति माग्दै खप्तड लघुवित्तले दियो बोर्डमा आवेदन



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बैशाख ११ गते आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तले १ करोड ३२ लाख रुपैयाँको आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १ लाख ३२ हजार कित्रा आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्