आदर्श लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ? « Arthapath.com
१५ असार २०७९, बुधबार

आदर्श लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट सम्पन्न भइसकेको छ । लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकोले नेप्सेमा सूचीकृतको लागि प्रक्रियामा रहेको छ ।

लघुवित्तले नेप्सेमा सूचीकृत भएपश्चात् ओपनिङ्ग रेञ्ज कति पाउला भनेर चासोका रुपमा हेरिएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १२२ रूपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । लघुवित्तको आर्थिक बर्ष २०७७–७८ मा प्रतिशेयर नेटवर्थ १२२.८८ रुपैयाँ रहेको छ ।

लघुवित्तको आईपीईओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिएको थियो । १० कित्ताका दरले बाँडफाँट गर्दा ६ हजार २६१ जना आवेदकले मात्रै आईपीओ प्राप्त गरेका छन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहेकाले ५ जनालाई बाँकी रहेको ५ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिएको छ ।

लघुवित्तले असार १ गतेदेखि असार ५ गतेसम्म चुक्ता पूँजीको ६७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ६२ हजार ६१५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्