समीट लघुवित्तको नाफामा गिरावट, कस्तो छ वित्तीय अवस्था ? « Arthapath.com
२१ कार्तिक २०७९, सोमबार

समीट लघुवित्तको नाफामा गिरावट, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले पौने दुई करोड नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष १०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तोदेखाएको हो ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ८५ लाख ४२ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ५२.८१ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड २३ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ९.११ प्रतिशतले घटेर ७ करोड ८० लाख ६१ हजार रुपैयाँ कायम भएको छ । चालु आवको असोज मसान्तमा कुल संचालन आम्दानी १८ प्रतिशत, संचालन नाफा ५२.८१ प्रतिशतले घटेको छ । कम्पनीको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २७ करोड १७ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने झिनो सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा २.५६ प्रतिशत रहेको खराब कर्जा यसवर्षको सोही अवधिमा भने २.२५ प्रतिशतमा झरेको छ ।

यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २ पैसा रहेको छ।

Tags :

प्रतिक्रिया दिनुहोस्