नेप्सेमा कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन « Arthapath.com
२९ फाल्गुन २०७९, सोमबार

नेप्सेमा कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजा भएको छ । सोमबार कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कृषि विकास बैंकको सोमवार कायम अन्तिम शेयर मूल्य २९९ रुपैयाँ को आधारमा २ प्रतिशत बोनस शेयरपछिको मूल्य २९३ रुपैयाँ १४ पैसा तोकेको छ ।

त्यस्तै, नेप्सेले स्वरोजगार लघुवित्तको सोमवार कायम अन्तिम सेयर मूल्य ८१० रुपैयाँको आधारमा २२ प्रतिशत बोनस शेयरपछिको मूल्य ६६३ रुपैयाँ ९३ पैसा तोकेको छ ।

अब दुबैं कम्पनीको सेयर मंगलबारदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्