आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट, यी कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२९ अंकले घटेर १८२१.६० को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको कारोबार भएको छ ।
मंगलबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको हो । कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर ७७ रुपैयाँ १० पैसा अथवा प्रतिकित्ता ८४४ रुपैयाँ ६० पैसाले बढेको छ ।
साथै, माया खोला हाइड्रोपावरको ५.७० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ५.३५ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डको ४.५८ प्रतिशत, राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ४.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
