बुधबार आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट, यी १० कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बुधबार आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट, यी १० कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३९ अंकले बढेर १८४५.०१ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुदाँ ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको कारोबार भएको छ ।

बुधबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको हो । कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर ८४ रुपैयाँ ८० पैसा अथवा प्रतिकित्ता ९३३ रुपैयाँ ४० पैसाले बढेको छ ।

साथै, इस्टन हाईड्रोपावरको ९.७८ प्रतिशत, ग्रिनलाईफ हाइड्रोपावरको ९.७३ प्रतिशत, आर्दश लघुवित्तको ८.०६प्रतिशत, साहास उर्जाको ७.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्