चार लघुवित्तको सेयरमा सर्किट, यी १० कम्पनीको लगानीकर्ता भए मालामाल « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

चार लघुवित्तको सेयरमा सर्किट, यी १० कम्पनीको लगानीकर्ता भए मालामाल



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार हरियाली भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३१ अंकले बढेर १९४२.६३ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार चार लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । कालिका लघुवित्त, खप्तड लघुवित्त वित्तीय संस्था,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, समुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको हो । कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

साथै, रिभर फल्स पावरको ८.३७ प्रतिशत, अजोड इन्स्योरेन्सको ८.०८ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ७.९२ प्रतिशत, मिर्मिरे लघुवित्तको ७.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्