आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८३ अंकले घटेर १८४९.७९ को बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच हुदाँ २ अर्व ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

बुधबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको हो । कम्पनीको सेयर १० प्रतिशत अथवा प्रतिकित्ता १८१ रुपैयाँ ८० पैसाले बढेर २ हजार ४० पैसा कायम रहेको छ ।

साथै, माई खोला हाईड्रोपावरको ६.४३ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको ५.५० प्रतिशत, पिपुल्स पावर कम्पनीको २.२८ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्