नेप्सेमा एक लघुवित्तको ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार विजय लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो ।
कम्पनीको २० प्रतिशत बोनस बापत ६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।