ग्लोबल आइएमई लघुवित्तको नाफा झण्डै १३ करोड, ब्याज आम्दानी ५० करोड माथि, ईपीएस कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल आइएमई लघुवित्तको नाफा झण्डै १३ करोड, ब्याज आम्दानी ५० करोड माथि, ईपीएस कति ?



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको मुनाफामा गिरावट देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १२ करोड ८७ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । तर, उक्त नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ४६.४४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ४ लाख ४४ हजार रुपैयाँ मुनाफा गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७.२६ प्रतिशतले घटेर ५० करोड २० लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ५४ करोड १४ लाख ४ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

संचालन नाफा ४५.८९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३४ करोड ३४ लाख ९२ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा भने १८ करोड ५८ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी बढेर ६१ करोड ८९ लाख रुपैयाँ, जगेडा कोष १६.११ प्रतिशतले बढेर ५२ करोड ८७ लाख ९ हजार रुपैयाँ, खराब कर्जा ४.३० प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ४३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्