नेप्सेमा एक लघुवित्तको १० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार सामुदायीक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको १० प्रतिशत बोनस बापत १ लाख ३२ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।