फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर खरिद गर्ने हो ? आजदेखि पाँच लाख कित्ता बिक्रीमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर खरिद गर्ने हो ? आजदेखि पाँच लाख कित्ता बिक्रीमा



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सस्थापक समूह तर्फको पाँच लाख कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालन समितिले बिक्रीमा ल्याएको छ ।

कम्पनीले सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ ३ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय दुहबी सुनसरीमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्