नाडेप लघुवित्तको स्वतन्त्र संचालकमा कृष्ण नकर्मी नियुक्त

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले कृष्ण नकर्मीलाई नियुक्त गरेको हो ।
कम्पनीको स्वतन्त्र संचालकमा रहेका माधव प्रधानले ब्यक्तिगत कारण देखाई भदौ ७ गते राजीनामा दिएकोमा रिक्त पदमा नकर्मीलाई नियुक्त गरेको हो ।