एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त « Arthapath.com
५ आश्विन २०८०, शुक्रबार

एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त



काठमाडौं । एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । शुक्रबार बिहान बसेकोे सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो ।

पौडेल कम्पनी सचिवमा नियुक्त हुनु अघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए । साथै यस अघि यसै संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै यस संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हाली रहेका थिए ।

सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजिनामा स्वीकृत भए पश्चात पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका हुन ।


प्रतिक्रिया दिनुहोस्