प्रतिकित्ता ५३० मै नेसनल लघुवित्तको सेयर किन्ने आज अन्तिम मौका

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरमा आवेदन दिने आज (असोज १२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ६२ हजार ५०० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
उक्त सेयरका लागि कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता ५३० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
सेयर खरिद गर्ने चाहने विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवश्यक कागजात संकलन गरी बिक्री प्रबन्धक एनआईएमबी एस लाजिम्पाट, काठमाडौँमा आवेदन दिन सकिनेछ ।