आरएसडीसी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

आरएसडीसी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकोछ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेउरधनीहरुलाई चुक्तापूँजीको ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्