आरएसडिसी लघुवित्तको सेयर संरचना परिवर्तन हुने, अब संस्थापक र सर्वसाधारणको कति ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन हुने भएको छ । संस्थापक सेयर संरचनालाई ५१ प्रतिशत बनाएको हो ।
अहिले संस्थापक सेयरधनीको ६० प्रतिशत सेयर रहेको छ । अब स्वामित्वबमे ९ प्रतिशत सेयर सर्वसाधारण परिणत गरी संस्थापकको ५१ प्रतिशत स्वामित्व कायम गर्ने भएको हो ।
सस्थापक संरचनालाई ५१ प्रतिशत कामय गर्ने भएकाले इच्छुक संस्थापकले सर्वसाधारणमा परिवर्तन गर्ने वा नगर्ने भनि सूचना प्रकाशित भएको ३५ दिनभित्र जानकारी गराउन कम्पनीले अनुरोध गरेको हो ।
जानकारी नगराए कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।