दुई लघुवित्तले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौँ । लाभांश सिजन चलि रहेको छ । हालसम्म गत आर्थिक वर्षको मुनाफाबाट दुई लघुवित्तले लाभांश घोषणा गरेका छन् । आम लगानीकर्ताले लघुवित्तको लाभांशलाई निकै चासोको रुपमा हेर्न गर्दछन् । अब नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्नेछन् ।
हाल आरएसडिसी लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेका हुन् । आरएसडिसी लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०. ४५२६ प्रतिशत नगद र युनिक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।
अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।