उन्नती सहकार्य लघुवित्तले एक लाख ७८ हजार कित्ता एफपिओ निष्कासन गर्ने

काठमाडौँ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि एफपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गर्ने छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले एफपीओ निष्काशनका लागि तयार गरिएको विवरण पत्र स्वीकृत समेत गरी सकेको छ ।
कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।